चीनको कोइला खानीमा बिष्फाेट हुदाँ १० कामदारको मृत्यु

बेइजिङ, २९ पुस । मध्य चीनको एक कोइला खानीमा भएको बिष्फाेटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

 

चिनिया सञ्चार माध्यमका अनुसार सो दुर्घटनामा परी ६ जना कामदार बेपत्ता भएका छन् ।

 

स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार पिंगडिङ्सन सहरको खानीमा उद्धार कार्य जारी राख्ने र शहरव्यापी सुरक्षा जाँच गर्ने बताएको छ।

 

सो भयानक दुर्घटना हुँदा सो कोइला खानीमा जम्मा ४२५ जना भूमिगत काम गरिरहेका थिए । पिङडिङसानको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार स्थानिय समय अनुसार शुक्रबार दिउँसो करिब २ः५५ बजे पिङडिङसान तियानान कोल माइनिङ कम्पनीको स्वामित्वमा रहेको खानीमा कोइला र ग्यास निस्किएर दुर्घटना भएको जनाएको हो ।

 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको आपतकालीन निकायले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्