न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

काठमाडौँ, २९ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ ।

 

 

 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

 

म्यानचेस्टर सिटीको जितमा खेलको ९१औ मिनेटमा ओस्कार बोबले निर्णायक गोल गरेका थिए ।

 

त्यसअघि सिटीका लागि बेर्नार्डो सिल्भा र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए । लामो समयको इन्जुरीपछि टिममा फर्किएका ब्रुनेले एक गोल असिस्ट समेत गरेका थिए ।

 

त्यसैगरी न्यूक्यासलका लागि अलेक्जान्डर इसक र एन्थोनी गोर्डनले एक एक गोल गरेका थिए ।

 

यो जितपछि म्यानचेस्टर सिटी २० खेलमा ४३ अंकसहित लिगमा दोस्रो स्थानमा उक्लिएको छ भने न्यूक्यासलको २१ खेलमा २९ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्