पीएम कपमा आज दुई खेल हुदै

काठमाडौँ, २९ पुस । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज भैरहवा क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग खेल्दै छ । गण्डकी प्रदेशले पहिलो खेलमा लुम्बिनी प्रदेशसँग हार बेहोरेको छ भने कर्णाली प्रदेशले पहिलो खेल खेल्दै छ ।

त्यस्तै आज अर्को खेल टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशविरुद्ध खेल्दै छ । बागमती प्रदेशले पहिलो खेलमा नेपाल पुलिससँग हार बेहोरेको छ भने एपीएफले आफ्नो पहिलो खेल खेल्दै छ ।

यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश र मधेश प्रदेशले जित हासिल गरेर प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्