लहानको मेरी चिल्ड्रेन स्कुलले मनायो संविधान दिवस (तस्विरहरु)

काठमाडौँ – लहानको मेरी चिल्ड्रेन स्कुलले संविधान दिवस मनाएको छ । सोमबार संविधान दिवसको अवसरमा विद्यालयलले संविधान दिवस मनाएको हो । अरु शैक्षिक संस्थाहरुमा विदा भएपनि मेरी चिल्ड्रेन स्कुलले संविधान दिवस मनाएको स्कुलले जनाएको छ । विद्यायलका संस्थापक प्रिन्सिपल उर्मिला हमालले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयहरुमा राष्ट्रको लागि विशेष दिनमा विदा दिनु भन्दा पनि विद्यार्थीहरुमाझ कार्यक्रम गरि चेतानामुलक सन्देश दिन दिवस मनाएको प्रिन्सपल हमालले जानकारी दिइन् । उनले भनिन्, ‘विद्यालयले यस्ता दिनहरूमा विद्यालय बन्द नगरि बिद्यार्थीहरु माझ कार्यक्रम गरी चेतनामूलक सन्देश दिने गरेको छ, यस्तो कार्यले विद्यार्थीहरुमा थप सिकाइ हुन्छ ।’

कार्यक्रममा लगभग ९०० बिद्यार्थी र ४१ शिक्षक कर्मचारी उपस्थित थिए । सोमबार देशभर संविधान दिवस मनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्