काठमाडौंको गोठाटारमा गोली चल्यो

काठमाडौं – काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्