नेशनल प्याब्सनका सचिव पराजुली ‘शिक्षाज्योति पदक’ बाट विभूषित

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) का केन्द्रीय सचिव बिष्णुप्रसाद पराजुली शिक्षाज्योति पदक बाट विभूषित भएका छन् । संविधान दिवसको अवसरमा पराजुली विभुषित भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पराजुली शिक्षा क्षेत्रको ठूलो पदक शिक्षा ज्योती पदकबाट विभुषित भएका हुन् । ओखलढुंगा स्थायी ठेगाना भएका पराजुली विगत लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्ध छन् । उनी चाबहिलको शिद्धविनाय कलेजका निर्देशक र प्रोग्रेसिभ स्कुल माहाङ्कालका प्रिन्सिपल समेत हुन् । पदक पाएपछि पराजुलीले शिक्षा क्षेत्रमा अझै थप जिम्मेवारी थपिएको बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्