६ सय ८१ कैदीको सजाय मिनाहा, २१ जनालाई सजाय माफी

File Photo

काठमाडौं – आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्रकुमार लिम्बुसमेतका ४७८ गरी ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय आजबाट लागू हुने गरी माफीमिनाहा गरेकी हुन् ।

संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको राष्ट्रपतिले जनाएको छ । त्यस्तै, २१ जनालाई सजाय माफी दिइएको छ । महेन्द्रप्रसाद कानुसमेतका २१ जनालाई कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्