‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको विजेता हिमेश पन्त

रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जित्न सफल भएका छन् । शनिबार काठमाण्डौमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश कमेडी च्याम्पियनको विजेता भएका हुन् ।

उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । विशाल भण्डारीले निर्देशन तथा नायिका केकी अधिकारी कार्यकारी निर्माता रहेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्