दार्चुलाकाे नौगाड गाउँपालिकामा कोरोना भाईरस रोकथाम सम्बन्धी समन्वय समिति गठन

रमेश खत्री, दार्चुला

दार्चुलाकाे नौगाड गाउँपालिकामा कोरोना भाईरस रोकथाम प्रतिकार्य तथा व्यवस्थापन सम्बन्धी गाउँपालिका स्तरिय समन्वय समिति गठन गरेको छ । नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीको संयोजक रहने गरी ३८ सदस्यीय समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ ।
समितिको सहसंयोजकमा गाउँपालिका उपाध्यक्ष गौरी ठगुन्ना र सदस्य सचिवमा नौगाड गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रितमसिँह ठगुन्ना रहने गरि ३८ सदस्यीय समिति गठन गरिएको हो ।
त्यस्तै गाउँपालिकाका ६ वटै वडाहरुमा पनि समन्वय समिति गठन गरिने नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनु भएको छ ।
नौगाड गाउँपालिका नोबेल कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी अभिमुखीकरण गरिएको छ । कोरोना भाइरसको संक्रमण बढी रहेका बेला नौगाड गाउँपालिकामा जनचेतनाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष धामीको अध्यक्षता अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा कोरोना भाइरस संक्रमण भएपछि देखिने लक्षण तथा बच्ने उपायहरु लगायतका बारेमा अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्