आठ महिनामा छोटी भन्सार दार्चुलाबाट १७ लाख भन्दा बढि राजश्व संकलन

रमेश खत्री, दार्चुला

छोटी भन्सार कार्यालय दार्चुलाले ८ महिनाको अवधिमा १७ लाख ९३ हजार ५ सय ३८ रुपैँया राजस्व संकलन गरेको छ । चालु आर्थिक २०७६/०७७ मा छोटी भन्सार कार्यालय दार्चुलाले साउन देखि फागुन सम्म उक्त राजस्व संकलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख मोहन सिह डोबालले बताउनु भयो ।
छोटी भन्सार कार्यालय दार्चुलाले साउन महिनामा १ लाख ९२ हजार ४ सय ३६ रुपैँया भदौ महिनामा १ लाख ४२ हजार ९ सय ९९ रुपैँया असोज महिनामा १ लाख ३१ हजार ५ सय ११ रुपैँया कार्तिक महिनामा ६५ हजार ४ सय ३ रुपैया मंसिर महिनामा १ लाख ७७ हजार २ सय २३ रुपैँया राजस्व संङ्कलन गरेको हो ।
यस्तै पौष महिनामा २ लाख ४८ हजार ४१ रुपैँया माघ महिनामा ४ लाख १६ हजार ७ सय ४१ रुपैया र फागुन महिनामा ४ लाख २८ हजार १ सय ८४ रुपैँया राजस्व संङ्कलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख डोवालले बताउनु भयो ।
मुख्य भन्सार कार्यालय झुलाघाट अन्तरगत रहेको दार्चुला छोटी भन्सार कार्यालयले विषैशगरी भारतबाट आयातित बस्तुहरु निर्माण सामाग्री चिनी, मिश्री, मैदा, टायल, जुत्ता, चप्पल लगायतका बस्तुहरुबाट बढी मात्रामा राजश्व संकलन गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्