दार्चुलाकाे व्याँस गाउँपालिकाद्वारा दोस्रो चौमासिक सामजिक सुरक्षा भत्ता वितरण

रमेश खत्री, दार्चुला

दार्चुलाकाे व्यास गाउँपालिका वडा नम्बर ५ र ६ को वडा कार्यालयबाट गाउँमै समाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७६/०७७ को दास्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरिएको छ । सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता व्याँस गाउँपालिकाले वडा कार्यालयबाटै नागरिकहरुलाई वितरण गरेको व्याँस गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले बताउनु भयो ।
वडा नम्बर ६ का जेष्ठनागरिक, दलित, विधुवा महिला अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकासहित कुल ४ सय १४ जनालाई ३२ लाख २४ हजार आठ सय रुपैयाँ समाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा नम्बर ६ का वडा सचिव नरेन्द्र सिह कुवरले जानकारी दिनु भयो ।
२५ जना दलित जेष्ठ नागरिक १६२ जना गैरदलित जेष्ठनागरिक ७९ जना विधुवा महिला,१३ जना पूर्ण असक्त १६ जना आशिंक अशक्त र ११९ दलित बालबालिका गरि जम्मा ४ सय १४ जनालाई भत्ता वितरण गरिएको सचिव कुँवरले बताउनु भयो ।
यसैगरी वडा नम्बर ५ का ज्येष्ठ नागरिक विधुवा अपाङ्गता भएका व्यक्ति तथा दलित बालबालिका सहित कुल १६७ जनालाई १६ लाख ८३ हजार दुई सय रुपैया भत्ता वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
ज्येष्ठ नागरिक ९६ जना ५६ जना विधुवा महिला २ जना पूर्ण अशक्त आशिक अशक्त ८ जना तथा ५ जना दलित बालबाकिालाई भत्ता वितरण गरिएको छ । यसअघि जिल्ला सदरमुकाम खलगा गएर भत्ता बुझन बाध्य व्याँसका स्थानीयले गाउँमै वडा कार्यालयमा समाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिकहरु खुसी भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्