चर्चित गायिका रेखा जोशी र गायक सूर्य खड्काको स्वरमा रहेको “भेट पन भैगयो” गीत सार्वजनिक

काठमाडाैँ – देउडा गायिका रेखा जोशी र गायक सूर्य खड्काको स्वरमा रहेको भेट पन भैगयो गीत सार्वजनिक भएको छ । उक्त गीत माधव विष्ट नामको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको बयान गरिएको उक्त गीतमा माधव विष्ट र दिलमाया देवकोटाले अभिनय गरेको छ ।
सुदूरपश्चिम जाउला, जुम्लाका स्याउ खाउला, कर्णालीका माछा खाउला, हिट सुवा धनगढी तिर, घुमाउला बुलबुले ताल, मार्सि धानको भात लगायतका शब्द समावेश गरिएका छन् ।

चर्चित निर्देशक तथा सम्पादक विरेन्द्र भाटले सम्पादन गरेको उक्त गीतको पोष्ट प्रोडक्सन वल्र्ड कभर मिडिया प्रालि ले गरेको छ । माधव विष्टले नै निर्देशन गरेको गीतमा विपिन चौलागाई र देवराज आचार्यले छायांकन गरेका छन् ।

माधव विष्टको लय संगीत रहेको उक्त देउडा गीत विग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । भुवन प्रकाश बडुले एरेन्ज गरेको सुमधुर गीतको मनोज डंगोलले मिक्सिङ तथा रेकर्ड गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्