कञ्चनपुरबाट धनगढी तर्फ गइरहेको बस दुर्घटना, चालक घाइते

कैलाली – कञ्चनपुरबाट धनगढी तर्फ गइरहेको बस दुर्घटना भएको छ । सोमबार बेलौरी नगरपालिका–१० स्थित शिवनगरमा बस दुर्घटना भएको हो।

कन्चनपुरबाट धनगढीतर्फ गइरहेको ना ३ ख ५०८८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पुनर्वास–१ मोतीबस्तीका बस चालक नारायण चन्द घाइते भएका छन्। बसको स्टेयरिङमा समस्या आएपछि दुर्घटना भएको बताइएको छ । बसमा चालक र सहचालक मात्रै सवार थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्