काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्। यस्तै, ३५ वर्षमुनिका युवा खुलातर्फ इन्जिनियर सुवास पौडेलले फराकिलो अग्रता बनाएका छन्।
१ हजार ९८६ मत गणना हुँदा खुलातर्फ श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले ७०१ मत पाएका छन्। त्यस्तै, महेन्द्रध्वज जीसीले ६४२, रेशमबहादुर वानियाँले ६३१, जितप्रकाश आले मगरले ६१४, खुमाप्रसाद अर्यालले ५९७, भेषबहादुर पौडेलले ५२१, सुशील तिमल्सेनाले ४९४ र गोविन्दबहादुर रानाभाटले ४३१ मत प्राप्त गरेका छन्।
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यको महिला समूहमा सरस्वती अर्याल तिवारीले अग्रता लिएकी छन्। उनले ८१९ मत प्राप्त गर्दा ओमकला गौतमले ५८९ र रविकला खनालले ४६४ मत पाएका छन्।
३५ वर्षमुनिका युवा महिलातर्फ डा. कला पन्तले १ हजार १४० मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी एलिजा ढकालले ८०४ मत पाएकी छन्।
युवा खुलातर्फ इन्जिनियर सुवास पौडेलले १ हजार २८२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी इन्जिनियर चेतराज कँडेल (सुजन) ले ६२८ मत पाएका छन्। यस समूहमा पौडेलले ६५४ मतको अग्रता बनाएका छन्।
मतगणना जारी रहेकाले सबै समूहको अन्तिम परिणाम आउन बाँकी छ।




