राजधानीमा ‘जुजु फाउण्डेशन’ को उद्घाटन, गरीब, असहाय र संगीतमा रुचि राख्नेका लागि गन्तव्य बन्ने विश्वास

काठमाडौं – गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले ‘जुजु फाउण्डेशन’ को संयुक्त रुपमा उद्घाटन गरेका छन् । गायक अमात्य र संगीतकार ब्रजाचार्य शनिबार अपराहन्ह राजधानीको गल्फुटारमा अवस्थित फाउण्डेशनको उद्घाटन गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

गायक अमात्यले आँफूले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेको भएतापनि नजिकमा संगीत विद्यालय नहुँदा निकै कठिन परिस्थितिको सामना गर्नु परेको अनुभव सुनाए । तर अहिले यसरी जुजु फाउण्डेशन जस्ता संगीत साधानमा लाग्ने संस्था खुल्दा यसले आर्थिक अभावमा परेका तर कला र प्रतिभा भएकाहरुलाई सजिलै बाहिर ल्याउन मद्दत गर्ने बताए ।

त्यस्तै लोकप्रिय संगीतकार बज्राचार्यले जुजु फाउण्डेशनले अधिकतम आफ्नो खर्चमा संगीत सिकाउने र म्यूजिक भिडियो बनाएर बजारमा ल्याइदिने कदमले लुकेको प्रतिभा सहजै बाहिर ल्याउन सहजीकरण गरिदिने फाउण्डेशनको उद्दार कामको मुक्त कण्ठअवसले प्रशंसा गरे । सो रमा गायक अमात्यले ‘जब सन्ध्या हुन्छ’ बोलको गीत गाएर सुनाएका थिए ।

त्यस्तै फाउण्डेशनका अध्यक्ष तथा गायक एवंम संगीतकार सुशिल श्रेष्ठ जुजुले संगीतमा विशेष रुची राख्ने तर आर्थिक अवस्था नाजुक भएकाहरुलाई फाउण्डेशनले सहयोग गरेर अडियो र भिडियो बनाउन मद्दत गर्ने प्रतिबद्धता जनाए ।

गैर नाफामुलक हिसाबले सञ्चालनमा ल्याइएको फाउण्डेशन गरीब, असहाय र संगीतमा रुचि राख्ने जो कोहीका लागि पनि एउटा गन्तब्य बन्न सक्ने गायक जुजुको विश्वास रहेको छ । फाउण्डेसन करिब ५० लाखको लागतमा सञ्चालनमा ल्याइएको हो । सो अवसरमा जुजु क्रियशन स्टुडियोको पनि शुभारम्भ गरिएको थियो ।
गायक तथा संगीतकार ‘जुजु’को ‘माइतीको आँगन’, सुनन, आमालगायतका गीतहरुले चर्चा कमाएका छन् । जुजु फाउण्डेसनले निर्माण गरेका भिडियोहरु फाउण्डेसनकै आफ्नै अफिसियल च्यानल जुजु क्रियशनबाट बजारमा ल्याइने गायक सुशिल श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्