नुवाकोटको म्यागङ गाउँपालिकामा आँखा शिविर सम्पन्न, ३०० भन्दा बढीले सेवा लिए

म्यागङ, जेठ २१ गते । म्यागङ गाउँपालिकामा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको आयोजनामा १ दिने निःशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

मधुमेह रोगबाट आँखामा असरबारे सचेतना फैलाउने उद्देश्यले मधुमेह विरामीहरुका लागि एकदिने निःशुल्क आँखा जाँच कार्यक्रम संचालन गरिएको आयोजकको भनाई छ । म्यागङ गाउपालिकाको वडा नं. ३ स्थित देउराली माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर संचालन गरिएको थियो । शिविरबाट जम्मा ३०५ जनाले सेवा लिएका छन् । तीमध्ये २६ जनालाई मोतिबिन्दु भएको पाइएको छ । साथै २० जना मधुमेह भएका विरामीहरुको आँखाको पर्दा (Retina) को जाँच गरि पर्दा (Retina) को फोटो लिइएको छ ।

मोतिबिन्दु भएको पाइएका २६ जनाको सामुदायिक आँखा केन्द्र, विदुरमा नि:शुल्क सल्यक्रिया गरिने छ । साथै उक्त शिविर सम्पन्न गर्न साथ दिनुहुने सम्पुर्ण सहयोगीहरुलाई जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख तारा बहादुर वाइबाले विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ । कार्यक्रममा हाम्रो आँखा केन्द्रको ४ जना प्राविधिक टिमलगायत विभिन्न समाजसेवी व्यक्तिहरूको पनि स्वस्फूर्त रूपमा सहभागीता रहेको थियो ।

तस्बिरहरु:

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्