अछाममा १७ वर्षीया किशोर मृत भेटिए, स्थानीय आन्दोलित, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएका छन् । घर नजिकैको जंगलको भिरमा मृत भेटिएका १० कक्षामा अध्ययनरत शाहीको हत्या भएको आशंका गरिएको छ । तर, स्थानीयले प्रहरीलाई घटनास्थलमा जान दिएका छैनन् ।

अनुसन्धान गर्न घटनास्थलमा जान रोक लगाएर स्थानीयले इलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका छन् । आक्रोशित भिडले इलाका प्रहरी कार्यालयमा तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ८ राउण्ड गोली चलाइएको अछाम प्रहरीले जनाएको छ ।

जेठ १७ मा ३ वटा मोटरसाइकलमा आएका ९ जनाले पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा दुईजनालाई मरणासन्न हुनेगरी कुटेका थिए । कुटपिटमा संलग्न मध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । सो घटनाका आरोपीलाई पक्राउ गर्दा प्रहरीले महिलालाई अपमानजनक व्यवहार गरेको आरोप लगाएर स्थानीयले विरोध गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्