३३ जना सवार बस रुपन्देहीको पुलबाट नदीमा खस्यो, ९ जनाको मृत्यु

काठमाडौँ – रूपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस आज बिहान करिब ४ः३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट रोहिणी नदीमा बस खसेको थियो । लु २ ख ३८४१ नम्बरको बसमा बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको छ । दुर्घटनामा २४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो। चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। मृत्यु भएकामध्ये ८ पुरूष र एक महिला छिन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्