गायक भानुभक्त जोशीको स्वरमा रहेको “छैन माया घटाएको” गीत सार्वजनिक

काठमाडाैँ – लोक तथा डेउडा गायक भानुभक्त जोशीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । “छैन माया घटाएको” बोलको गीत निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा स्वर गायक भानुभक्त जोशी र धाना जोशी (धारना) को रहेको छ ।

भुवन बडुले एरेन्ज गरेको उक्त गीतमा लय तथा शब्द पनि गायक द्वय जोशीकै रहेको छ । प्रेम सागर जोशीको सृजनामा निर्माण गरिएको उक्त गीत दर्शकहरुले रुचाएका छन् । निक्कै मार्मिक शब्द समेटिएको उक्त गीतमा प्रेम जोडीको कथाबस्तुलाई चित्रण गर्न खोजिएको छ ।

योगेन्द्र राज जोशीको उक्त गीतम दुई जोडी आफुहरुले माया नघटाएको, कहिल्यै बिर्सन नसक्ने, सधै मुटुमा बसिरहने लगायतका मार्मिक शब्द समावेश गरिएका छन् ।

यो पनि पढ्नुहोस् 

धुरुक्क रुवाउने भानुभक्त जोशीको “कहाँ छाैँ जीवन साथी” गीत बजारमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्