खोलाले बगाएर नगर प्रहरी बेपत्ता

काठमाडौँ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोला तर्ने क्रममा बेपत्ता भएका छन् ।

वडा नम्बर २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नम्बर ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए । मङ्गलबार खोला तर्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् ।

उनको खोजीका लागि जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ । गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्