धुरुक्क रुवाउने भानुभक्त जोशीको “कहाँ छाैँ जीवन साथी” गीत बजारमा

काठमाडाैँ – सत्रुको पञ्जामा परी जीवन गुमाएका कमल साउदको सत्य घटनामा आधारित डोटेली भाषाको डेउडा गीत बजारमा सार्वजनिक भएको छ । वास्तविक घटनालाई समावेश गरि शब्दहरु समेटिएका छन् । “कहाँ छाैँ जीवन साथी” बोलको उक्त गीत सार्वजनिक भएको हो ।
दिपा रोकाया र सुन्दर साउदको स्वरमा रहेको उक्त गीतको लय तथा सृजना चर्चित लोक तथा डेउडा गायक भानुभक्त जोशीको रहेको छ । एरेन्ज भुवनप्रकाश बडुको उक्त गीतको रेकर्डिङ बीग परिबेश डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको थियो । निरन्तर मिडियोको युट्युब च्यानलबाट उक्त गीतको अर्धसम्पादित भिडियो सार्वजनिक भएको छ ।

निक्कै मार्मिक शब्द समेटिएको उक्त गीतले श्रोता तथा दर्शकको मन रुवाउने छ । दुख, बेदना र पीडा समेटिएको उक्त गीतमा पति गुमाएपछि श्रीमतीको पीडाको यथार्त भोगाईलाई समेटिएको छ । आफु एक्लै रहेको, स्वर्ग आउने, बादलमाथि जाने, बीष पीउने, सिन्धुर पुछिएको लगायत निक्कै भावुक शब्दहरु समावेश गरिएका छन् ।

बैतडी जिल्लाको तल्लो स्वराड पञ्चेश्वर गाउपालिकाको वडा नं ३ डुगरीबस्ने कमल सिंह साउदलाई गत कार्तिक ९ गते बेलुकी तानाशाही प्रवृत्ति बोकेका, क्रुरुर निर्दही, अमानवीय व्यवहार व्यक्तिहरुको समूहले कुटपिट गरि घाइते बनाएका थिए । त्यसपछी स्थानीय स्वास्थ्य चौकीमा समान्य उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो ।  त्यहाँ पनि उपचार सम्भव नभएपछि कोहलपुर रेफर गर्यो कोहलपुर नपुग्दै बाटोमा नै उनको मृत्यु भएको थियो ।
२८ बर्षको उमेरमा उहाँले ज्यान गुमाउनु परेको थियो । उनको ९ महिनाको दुधेबालक बुवाबाट टुहुरो बनेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्