अफगानिस्ताको राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा तालिवानको कब्जा

काठमाडौँ – अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन् ।

आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन् । सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडिदिएका हुन् । शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर–इ– सरिफमा कब्जा जमाएका थिए ।

तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्