दार्चुलामा गौरा पर्व मनाउँदा भीडभाड गर्न नपाइने, स्वास्थ्य मापदण्ड अनिवार्य

दार्चुला – जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले अगामी भाद्र महिनामा मनाइने गौरा पर्वमा हुने मानिसहरुको भिडभाडमा रोक लगाइएको छ ।

शुक्रबार बसेको बैठकले सुदुरपश्चिमेलीहरुको महान पर्व गौरामा हुने मानिसहरुको भिडभाडलाई मध्यनजर गर्दै सामाजिक दुरी लगायत स्वास्थ्य मापदण्ड पालना गर्ने र अनावश्यक भीडभाड नगराउने निर्णय गरेको छ ।

कोरोना भाइरसबाट आम नागरिकलाई सुरक्षा प्रदान गर्न जिल्ला स्थित सबै स्थानिय तहहरुले निर्माण गरेका होल्डिङ सेन्टर, क्वारेन्टनइन र आइसोलेशनलाई व्यवस्थित गर्न सबै स्थानीय तहहरुलाई आग्रह समेत गरेको छ ।

जिल्ला भित्र कोरोनाको तेस्रो लहर फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सबै नागरिकहरुलाई सतर्क र सजग रहन तथा स्वास्थ्य सुरक्षा सम्बन्धि सबै मापदण्डहरुको पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको माहामारीबाट जिल्ला भित्रका सबै नागरिकहरुलाई सुरक्षित राख्न केन्द्रीय सरकारलाई थप खोप आपुर्तीका लागी अनुरोध गर्ने समेत निर्णय गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्