काठमाडौँ – नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ ।
पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।
कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।
नेता श्रेष्ठका अनुसार क्रान्तिकारी धाराका सबैलाई एकै केन्द्रमा ल्याउने गरी पहल गर्ने निर्णय भएको हो । साथै बैठकले हालै बसेको केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी पूरा गर्नेबारे छलफल पनि गरेको थियो ।
माओवादीले पार्टीका विभागहरूमा प्रमुख तोक्ने काम पनि गरेको छ भने केही ठाउँमा ईञ्चार्ज पनि तोकिएका छन् ।
राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय भएको छ ।