नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको इन्चार्जमा भट्ट चयन

काठमाडौं – नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भट्टलाई दिएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै माओवादी केन्द्रले प्रदेश २ मा गणेश साहलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज तोकेको छ । कर्णालीको इन्चार्ज शक्ति बस्नेतलाई तोकिएको छ भने प्रदेश १ को इन्चार्ज भने टुंगो लागेको छैन । सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये एक जनालाई प्रदेश १ को इन्चार्ज बनाइने बताइएको छ । पार्टीले आज ६ वटा प्रदेशका इन्चार्ज तोकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्