शुक्लाफाँटा नगरपालिकामा बजेट विवाद, ३ दिनभित्र सुनुवाई नभए कडा संघर्षमा उत्रने चेतावनी

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बजेट विवाद अझै सामाधान हुन सकेको छैन । आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र प्रस्तावित बजेट संशोधन गर्न विभिन्न मागहरु भएतापनि अझै सुनुवाई भएको छैन । वडा नं. ४ का वडा अध्यक्ष ज्ञान बहादुर विष्ट, वडा नं. १० का वडा अध्यक्ष लालबहादुर ऐर र वडा नं. ३ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौरीले एक विज्ञप्ती जारी गर्दै नगरसभामा अभिव्यक्त नगरसभाको मर्म र भावना बमोजिम नीति तथा कार्यक्रम र बजेट थपघट तथा संशोधन गरि पारितका लागि पेश गर्ने लगायतका विषयमा पटक पटक ध्यानाकर्षण गराउदा समेत कुनै सुनुवाई नभएको भन्दै आपत्ती जनाएका छन् ।

३ दिनभित्र नगर कार्यपालिका बैठक बोलाई आ.व. २०७८/७९ को नगरसभामा पारित बजेट १२ वटै वडामा समान रुपले वितरण गर्न र स्थानीय तहको विनियोजित बजेटमा समावेश योजनाहरु असारमा मात्र कार्यान्वय गर्ने परिपाटीको अन्त्य तथा लामो समयदेखि अलपत्र आरयुडिपीको ऋणसहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाहरुमा गुणस्तर कायम गरी यथाशिघ्र कायान्वयनमा ल्याउन र ढिलासुस्ती बन्द गरी काम सम्पन्न गर्न कडा कदम चाल्न ध्यानाकर्षण गराएको छ ।

३ दिन भित्र उक्त समस्याहरु सामाधान नभए जनता सहित आफुहरु कडा संघर्षमा उत्रने समेत बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्