नेकपा माओवादी केन्द्रले ६ वटा प्रदेशमा इन्चार्ज तोक्यो

काठमाडौं – नेकपा माओवादी केन्द्रले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले प्रदेश २ मा गणेश साहलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज तोकेको छ । कर्णालीको इन्चार्ज शक्ति बस्नेतलाई तोकिएको छ भने सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रदेश १ को इन्चार्ज भने टुंगो लागेको छैन । सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये एक जनालाई प्रदेश १ को इन्चार्ज बनाइने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्