चितुवाको छाला कारोबार गर्ने बैतडीका एक जना सहित ३ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौँ – दाङको लमही नगरपालिका–९ अमिलियाबाट प्रहरीले चितुवाको छाला कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ घर भएका २० वर्षीय विमल औजीसहित ३ जना छन् ।
शनिबार राति पक्राउ परेका उनीहरुको साथबाट ३ थान चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बाँकेको कोहलपुरबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले चेकजाँच गर्दा चितुवाको छाला फेला परेको थियो ।आरोपीहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्