दिपेश आचार्य, इन्द्रावती- ५ सिन्धुपाल्चोक
बिद्यालयको आगन बाट हामी आएको पनि महिनौं भएछ। त्यस दिनबाट हामी विद्यार्थी हरु बत्ति मुनिको अध्यारो झै भैरहेका छौ । जबकी शिक्षाको समुन्द्र बाट फुत्त बाहिर निस्किएझै । यतिबेला हाम्रा हातमा किताबका ठेलिनै ठेली हुन्थे होला। तेइ ठेली शिक्षकको डरले घोक्नमा ब्यस्त हुन्थ्यौ होला जब पहिलो कक्षा सुरु हुन्थ्यो।
पशुपति सरले बतृत्व गर्न कति बेला बोलाउनु हुन्थ्यो भन्ने उत्सुकता जागिरहन्थ्यो होला । ठट्यौली पारामा प्रेरणाका नदि बगिरहन्थ्यो होला । प्रेरणाका स्रोत संसगै हामी सरको कुरामा कति रमाइलो मान्थ्यौ होला । बहुमुखी शिक्षामा पनि संस्कृतका श्लोक भाका हालेर गाउनुहुन्थ्यो होला ।
विद्या नाम नरस्य रुपमधिकं प्रच्छन्न गुप्तं धनं ।
विद्या भोगकरी यशस् सुखकरी विद्या गुरुणां गुरु।
विद्यावन्धुजनो विदेश गमने विद्यापरा देवता ।
विद्या राजसु पुज्यते नतु धनं विद्याविहिन पशु ।।
यस्ता प्रेरणाका स्रोत गुरु हरु बाट टाढा छु । तेस्तै मधु सरको प्रेमरसले भरिपूर्ण वाणिबाट असल शिक्षा दिरहनुहुन्थ्यो होला । कति आनन्द महसुस गर्थ्यौ होला । साथी भाइसंग कति जिस्कन्थ्यौ होला कति रमाइलो गर्थ्यौ होला । सौर्य सरको जब हातमा चिठी देख्थ्यौ अनि कति बेला आएर चिठी आएको छ बाबू भाग लिन्छौ भनेर कति बेला भन्नुहुन्छ होला लागिरहन्थ्यो । सत्प्रेरणा र हौसलाका समुन्द्र सौर्य सरले पक्कै पनि भागमा सहभागीता जनाउनलाई प्रेरणा जगाइरहनुहुन्थ्यो होला ।
संघर्षको पाठ सिकाउने चिरन सरदेखी पनि टाढा छु अब मलाइ कस्ले संघर्षको पाठ सिकाउने चिन्ता बढेको छ । यी कुरा सम्झदा मुटु भक्कानिएर आउँछ तै नि आमाको काखमा आएको छु सत्प्रेरणा र हौसला त पाएकै छु तै पनि गुरु हरु देखि टाढा छु ।