काठमाडौं – हप्ताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन तथा चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । शुक्रबारको तुलनामा चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि अघिल्लो हप्ता चाँदीको मूल्य प्रतितोला ५ हजार ११५ रुपैयाँ पुगेको थियो । बजारमा अन्तर्राष्ट्रिय मूल्य, विनिमय दर तथा माग–आपूर्तिको प्रभावका कारण सुन–चाँदीको भाउमा उतारचढाव भइरहेको व्यवसायीहरूले बताएका छन् ।






