एमालेद्वारा चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन

नेकपा एमालेले चुनावी समीक्षा तथा पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल गठन गरेको छ । हिजो बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गर्दै प्रतिवेदन पेस गर्न एक महिनाको समय दिएको हो । यस्तै बैठकले संविधान संशोधनसम्बन्धी आन्तरिक कार्यदल पनि गठन गरेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्नि खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकराम भट्टराई, पासाङ शेर्पा, रमेश बडाल र अमर थापा सदस्य रहेका छन् ।

बैठकले पार्टी पदाधिकारीहरूको वरीयताक्रम पनि टुंगो लगाएको छ । जसअनुसार अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् । त्यस्तै महासचिवमा शंकर पोखरेल रहेका छन् भने उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ छन् । सचिवहरूमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्