सिन्धुपाल्चोक जोड्ने साँखु फट्केस्वर मोटरबाटो कालोपत्रे हुँदै

सुशील सुवेदी, सिन्धुपाल्चोक

सिन्धुपालचोक जिल्लाको उत्तर पश्चिमी भेगको अत्यन्त महत्वपूर्ण लाईफ लाईन मानिने सांखु फट्केश्वर सडक कालोपत्रे हुने भएको छ ।उक्त सडक काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको सांखु,जहरसिं पौवा ,नाङ्लेभारे हुँदै छाप भञ्ज्याङ्देखि सिन्धुपाल्चोकको सिमाना प्रारम्भ भै पुष्पलाल मध्य पहाडी लोकमार्गको बाहुनिपाटिमा गएर जोडिन्छ ।

उक्त सडक सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका,हेलम्बु गाउंपालिका,पांचपोखरी थाङपाल गाउंपालिका र ईन्द्रावती गाउंपालिकाको प्रबेशमार्गको रुपमा रहेको छ । पुर्ब प्रधानमन्त्री माघब कुमार नेपालको नेतृत्वमा पुर्ब कानुन मन्त्री शेर बहादुर तामाङ,मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल,शंखरापुर नगरपालिका मेयर सुवर्ण श्रेष्ठ लगायत जनप्रतिनिधि र सरोकारवालाहरुको बिशेष पहलमा उक्त सडक कालो पत्रे हुन लागेको हो । सो सडक कालोपत्रे गर्नका लागि बिगत लामो समयदेखिको मेहनत सफल भएको र भबिष्यमा काठमाडौं जिल्ला र सिन्धुपाल्चोकको उत्तर पश्चिमी भेगका जनताले ठुलो राहत पाउने सिन्धुपाल्चोक संघीय निर्बाचन क्षेत्र नम्बर २ का सांसद एबम पुर्बमन्त्री शेर बहादुर तामाङले बताउनु भयो ।सो कार्यक्रममा उपस्थित शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले दोश्रो चरणको टेन्डर प्रक्रिया अगाडि बढी रहेको र जसका लागि करिब ३१ करोड बजेट ब्यबस्थापन भै केही दिन भित्रै टेन्डर खुल्ने बताउनु भयो ।

हाल सो सडक खण्ड अन्तरगत पर्ने काठमाडौको जहरसिं पौवादेखि सुरु भै सिन्धुपाल्चोकको फट्केश्वर सडक खन्डको करिब ५ कि।मि। सडक कालोपत्रेका लागि गत महिना टेन्डर भै कम्पनिको तर्फबाट निर्माण पुर्बको बिस्तृत सर्भे भै रहेको र आगामी असोज १० गतेबाट निर्माण सुरु गरिने निर्माण कम्पनी Mandan Bhagawati Rauta Kamaljeet J.V. का प्रतिनिधि हिरा चौलागाईंले बताउनु भयो निर्माण सुचारु गर्नका लागि हिजो भएको छलफलमा पुर्ब कानुन मन्त्री तामाङ,शंखरापुर नगरपालिका मेयर सुबर्ण श्रेष्ठ ,पुर्ब प्रधानमन्त्री नेपालका प्रतिनिधि नितेश पौडेल ,शंखरापुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्याममणी ढुंगाना,वडा नं ३ का वडा अध्यक्ष सन्त बहादुर वाईबा लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको सांखु फट्केस्वर बाहुनिपाटी सडक उपभोक्ता समितिका अध्यक्ष सुर्यमान तामाङले बताउनु भयो ।

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहानसम्म पुग्ने छोटो दुरिको सडक भएको र हेलम्बु र पांचपोखरी क्षेत्रको पर्यटनको बिकासमा अत्यन्त महत्वपूर्ण भुमिका रहने भएकोले यो सडकको रणनैतिक महत्व रहेको छलफलमा सहभागी पुर्बमन्त्री तामाङका स्वकिय सचिब निर्मल बन्जाराले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्