कोभिड- १९ को चपेटामा ग्रामिण महिलाहरु

अम्बिका डोटेल

विश्वलाई नै आंतकित बनाईरहेकोे कोरोना भाइस कोभिड ९१९ को असर सबैमा समान हुन्छ भन्ने बुझाइ बढ्दै आएको छ । विगत आठ महिनादेखि यसले देखाएको संक्रमणले विश्वमा प्रमुख चुनौती बन्न पुगेको छ । जाति , धर्म ,भाषा ,लिङ्ग ,धनि, गरिव सबैलाइ समान व्यबहार गरेको छ कोभिड -१९ ले ।
अविकसित, बिकासोन्मुख मुलुकमा बनेको निती नियमको कार्यान्वायन को चरण विकसित मुलुकको तुलनामा फरक छ । नेपाल जस्तो अविकसित मुलुकमा बसोबास गर्ने महिलाहरु त्यसमा पनि ग्रामिण भेगमा रहेका महिलाहरुको मुख्य पेसा कृषि रहेको छ । ग्रामिण भेगका अधिकास महिलाहरुले जीविकोपार्जनका लागि कृषि पेसा अबलम्बन गरेका छन । खेतिपातिका काम, घरभित्रका काम, बालबच्चाको स्याहारसुसार, जेष्ठ नागरीकको स्याहारसुसार र बिरामिको समेत हेरचाहको जिम्मेवारी बिशेष गरी महिलाहरुको हुने गर्दछ । हाल विश्वभरी फैलिएको कोभिड ९१९ ले महिलाहरुमा विभिन्न चुनौती निम्त्याएको छ ।अधिकांश ग्रामिण भेगका पुरुषहरु बैदेशिक रोजगारी र शहर केन्द्रित छन त्यसकारण महिलाहरुमा पुरुषको समेत भुमिका निर्वाह गर्नुपर्ने अबस्था सृजना भएको परिस्थितिमा कोभिड ९१९ को कारणले महिलाहरुले झन बढी दुख भोग्नु परेको छ ।

सबैजसो ठाँउमा वर्षातका कारणले बाढी पहिरो जस्तो जेखिमहरु रहेकाले कति स्थानमा त आफु बसि रहेको घर छाडेर अन्यन्त्र बसोबास गर्नु परेको अबस्था छ । यसरी अन्यन्त्र बसोबास गर्दा यौन हिंसा, मानसिक हिंसा बढ्ने सम्भावना त्यतिकै रहेको छ । बाटो ,कुलो, कुवा ,धारा जस्ता स्थानहरुमा गएको पहिरोले ग्रामिण भेगका बाटोहरु सन्चालन नहुदा घण्टौ समय खर्चेर एक पोका नुन,तेल किन्न धाउनु पर्ने समस्या छ । कुलो कुवा र धारो मा पानि नखस्दा समस्या परेको छ । जब खेतिपातिको सिजनमा समयमा विउविजन र मलको व्वस्थापन नहुदा, सार्वजनिक यातायातहरु नचल्दा घण्टौ लाएर महिलाहरुले खाद्यान्न र विउ विजनको जोहो गर्नुपर्ने अवस्था पनि व्यहोर्नु परेको छ । जब आफ्ना घरका सदस्यहरु बिरामि पर्दा अस्पतालमा उपचारका क्रममा कोभिड-१९ ले आफैलाइ पो छुने हो कि भन्नै डरमा घरका परिवार विरामि पर्दा पनि उपचार गर्न लान नसक्ने अवस्थामा छन । यसरी हेर्दा सबै दृष्टिकोणबाट ग्रामिण महिलाहरु समस्यामा परेका छन ।

अशिक्षा अन्धविश्वासमा रुमलिएका ग्रामिण महिलाहरु खेतिपातिवाट घर आउनासाथ खाजा खाना खाने र शौचालय र बच्चाको स्याहारसुसारमा समेत हात नधुने बानि परेका महिलाहरु आज कोभिड – १९ बाट बच्न र बचाउन समयसमयमा हात धुने , भौतिक दुरी कायम गर्नुपर्ने र माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने कुरा सुनेर अच्चम मान्ने गर्दछन । आफ्नो नानी देखि लागेको बानि सुधार्न महिलाहरुलाइ गार्हो परेको अबस्था छ । यसरी हेर्दा कोरोना कोभिड ९१९ को महामरीे सामान्य अवस्था मा आएपश्चात लैंगिक समानता र महिला सशक्तिकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति र राज्यका हरेक निकायमा महिला त्यसमा विशेषगरी ग्रामीण महिलाहरुको पहुँच समान रुपमा सुनिश्चत हुनु अत्यावश्यक रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्