पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीबाट बितरण गर्ने 

सुशील सुवेदी, सिन्धुपाल्चोक

जिल्लाका १२ स्थानीय तहमध्ये पहिलोपटक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बैँकसंग आधिकारीक सम्झौँता गरी सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत वितरण गर्ने भएको छ ।

गाउँपालिका र मेगा बैक लिमिटेड पाँचपोखरी शाखा बीच आज सो सम्झौता भएको हो । गाउँपालिका र मेगा बैक बीच विद्युतिय प्रणाली अनुसार सामाजिक सुरक्षा भत्ता भुक्तानी रणनीति २०७४ को अनुसूची ४ र सो बमोजिम शर्त मान्य हुने गरि आर्थिक बर्ष २०७७/०७८ देखि ०७९/०८० सम्म तिन बर्षको लागि बैँक सगं सम्झौता भएको हो । गाउँपालिका प्रमुख टासि लामा, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला र मेगा बैक लि पाँचपोखरी शाखाका प्रबन्धक चतुर प्रसाद भट्टराई बिच सम्झौता कार्य सम्पन्न भएको हो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै शाखा प्रबन्धक भट्टराई ले जिल्लाकै विकट मानिने पाँचपोखरी थाङ्पाल गाउँपालिका क्षेत्रमा बैँकीङ प्रणाली मार्फत सेवा दिन पाउँदा खुसि व्यक्त गर्दै जनता माझ सरल सहज ढंगबाट सेवा प्रदान गर्न बैँकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला ले सामाजिक सुरक्षा भत्ता वितरणमा चुस्त दुरुस्त ढंगबाट सरकारले चालेका कदम नियम अनुसार पालिकाले जनता माझ सेवा प्रदान गर्ने बताउनु भयो । गाउँपालिका अध्यक्ष लामाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जेष्ठ नागरीक ,एकल ,अपाङ्ग असाहय, अतिअशक्त ब्यक्तिहरुलाई सरल र सहज ढंगबाट बैंकले भत्ता वितरण गरिदिनु पर्ने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्