प्रधानमन्त्रीलाई संसद्मा बोलाउन सभामुखको रुलिङ गर्न अस्वीकार

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित गराउन रुलिङ गर्न अस्वीकार गरेका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखले रुलिङ गर्नुपर्ने माग गर्दै आएका छन् । यस विषयमा सभामुख अर्यालले सांसदहरूको चाहना आफूलाई जानकारी रहेको बताएका छन् ।

‘मलाई थाहा छ माननीय सदस्यहरूले मेरो मुखबाट मिति घोषणा भइदियोस् भन्ने तपाईंहरूको ठूलो इच्छा छ,’ सभामुख अर्यालले भने ।

उनले विपक्षी दलहरूको मागलाई ‘नेचुरल’ प्रक्रिया भएको उल्लेख गर्दै प्रधानमन्त्री संसद्मा उपस्थित हुने विषय पनि स्वाभाविक रूपमा टुंगिने बताए ।

रुलिङ गर्न अस्वीकार गर्दै सभामुख अर्यालले भने, ‘प्रधानमन्त्री आउने मिति तय हुने बित्तिकै म माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

तर विपक्षी दलहरूले सभामुखको जवाफ अस्वीकार गर्दै नाराबाजी र अवरोध जारी राखे । विपक्षीको विरोधकै बीच सभामुखले बैठक अगाडि बढाएका थिए ।

सभामुखले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्