देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ – सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नीलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो । अदालतले विशेष अदालतबाट हुनुपर्ने प्रक्रिया काठमाडौं जिल्ला अदालतमार्फत अघि बढाइएको भन्दै जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जीका आधारमा देउवा दम्पतीलाई पक्राउ नगर्न तथा नगराउन आदेश दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्