नारायण दत्त मिश्र
भारतमा मुस्लिम शासनको अर्थात् मुगलहरूको चरम आतंकबाट उत्पीडित भएर हिन्दुहरू आफ्नो धर्म बचाउन र परिवारलाई मुस्लिमहरूबाट जोगाउन भारतको दक्षिणी भेगबाट उत्तरतिर आएको इतिहासकारहरूले खोजी नीति गरेका छन्। इतिहासकारहरूको भनाइमा शङ्कराचार्यको उदय हुनुभन्दा पूर्व भारतका उत्तर पट्टिका राज्य नेपाल ,तिब्बत ,चिन, भियतनाम, कम्बोडिया ,लाओस , बर्मा, श्रीलंका, अफगानिस्तान, थाईल्याण्ड, इन्डोनेसिया सम्पूर्ण राज्यहरूमा भगवान बुद्धको प्रभाव वुध्द धर्मावलम्बीहरू को एकदम घनिभूत असर परिसकेको थियो। पश्चिममा हिन्दूकोश पर्वतदेखि लिएर पूर्वमा मलेसियासम्म बौद्ध धर्मावलम्बी उत्तरमा चिन दक्षिणमा श्रीलंका यो सारा भगवान बुद्धको अनुयायीहरुले आफ्नो दर्शनबाट प्रभावित गरेको इलाका हो।
सोही मुताबिक आर्यहरू दार्चुलाको लेकममा आउने बेला डिंञ्या राजाको शासन थियो भन्ने किम्बदन्ती अहिले पनि व्यापक रूपमा रहेको छ। बौद्धहरू मासु खान्थे अर्थात् भैँसीको मासु पनि खाने चलन बौद्धहरूमा अझै व्याप्त छ। आफू हिंसा नगर्ने कसैले सिकार गरेर काटेर दिन्छ भने मासु स्वीकार्य हुने बौद्धहरूको चलन अहिले पनि छ। याद रहोस बौद्धहरू पछि मुगलहरू आएका हुन्।
गुरु शंकराचार्यको हिन्दू धर्मको रक्षार्थ बौद्ध धर्मको प्रभाव कम गर्न बौद्धहरुलाई करिब करिब भारतवर्षबाट अन्त गर्ने उद्देश्य लिएर वेद पुराणहरूको धार्मिक ग्रन्थहरूको, चारधामहरूको स्थापना, कन्याकुमारीदेखि लिएर केदारनाथ, बद्रीनाथ ,रामेश्वरदेखि लिएर जगन्नाथसम्म चारधामको स्थापना गरी हिन्दुहरूको आराध्यदेव सैव (शिव) धर्मको प्रचारप्रसार अर्थात् शिवलाई मान्ने र वैष्णव (विष्णुलाई मान्ने) धर्मको प्रचार दक्षिणमा यो काम शंकराचार्यबाट भएको मानिन्छ । याद रहोस् शंकराचार्यको प्रभावले गर्दा चैत्य र गुम्बाहरू मन्दिरमा परिणित गरिए लेकममा पनि एउटा ठाउँ छ। चैतलचोर यहाँ बौद्धगुम्बा रहेको प्रमाणित भएको छ। शब्दको अपभ्रमंश भएर चैतल चोर नामाकरण हुन गएको छ।
यसकारण कत्युरी राज्यको विघटन १६ औँ शताब्दीको आसपास भएको मानिन्छ त्यो राज्यको विघटन जसको राजधानी भारतको उत्तराखण्डको गढवालमा अवस्थित उखिमठ थियो त्यहाँबाट भागेर धर्म रक्षार्थ महाकाली कोरिडोर ,सेतीको कोरिडोर, कर्णालीको कोरिडोर ,भेरीको कोरिडोर हुँदै नदीनालाहरूका कोरिडोर हुँदै हिन्दुहरू नेपालभित्र प्रवेश गरेका छन्। त्यतिखेर यहाँ बौद्ध मार्गीहरु बसेर राज्य गर्थे त्यो राज्यलाई विघटन गर्ने काम कत्युरबाट आएका शासकहरूले जसमा पुरै टिम थियो पायकहरु (लडाकु)थिए। विद्वानहरू थिए। कृषि काम गर्ने थिए अथवा सेवक प्रशासन चलाउने मान्छेहरु थिए। भनिन्छ भैराज भट्ट विद्वान अभयराज पाण्डे शासक निमनाथ योगी सिद्धबाबा जस कहाँ केही सिद्धिहरू थिए। धारा, धिरा, संग्राम कार्की, पायक (अहिले कालागोरा भनेर भनिन्छन) कार्कीहरू यथावत रुपमा दार्चुलाको गराडी र बैतडीमा बस्ने गरेका छन् र ठिकेदास औजी गायन कलामा र कपडा सिउने काममा निपूण थिए।
यिनीहरूको आगमन हुने बेला बौद्धमार्गी हरू यहाँ बस्ने गर्थे र बौद्धमार्गीहरुलाई युद्धमा परास्त गरेर आफ्नो शासन स्थापित गरे भनिन्छ त्यतिबेला डिङ्गे राजा मारेर मल्लिकार्जुनको स्तुति गरेर हाम्रा पूर्वजहरू बसोबास गरेका हुन् भन्नेसम्मका कुरा त इतिहासमा छन्। तर राजा मरेपछि प्रजाको के कसुर ती प्रजाहरू को हुन् त त्यसको सोधखोज के भएको छ? को हुन् त ती डिङ्गे राजाका सन्तान? बौद्ध धर्ममा विश्वास गर्ने जुडी र जनै को काम नगर्ने बौद्ध धर्मावलम्बीहरूले अनन्तधागो बाँध्ने काम गर्छन् मरेपछि खड्डामा राख्ने काम गरिन्छ त्यतिबेलाका जाण, जुम्ली ( खम्पाहरू लामा) मगर राई लिम्बु गुरुङ तामाङ यिनीहरूसित मेल खान्छ। (दार्चुला जिल्लाको लेकम सिरोडामा एउटा ठाउँ छ जसलाई जाणा कोट भनिन्छ। यसको अर्थ त्यो हो कि त्यहाँ जाण नामका राजाहरू खम्पा राजा बस्ति बसालेर बसेका थिए।) यिनीहरू अहिले पनि बौद्ध धर्मावलम्बी नै छन्। अब दार्चुलामा अथवा लेकममा भनेका आदिवासी को हुन् यसको सोध खोज गरिनुपर्छ राजा मरेपछि प्रजालाई मार्ने काम कसै राज्यबाट पनि भएको छैन।
ठिक छ राज्य त भएराज भट्ट, अभयराज पान्डे निमनाथले गरे भने त्यतिबेलाका यहाँ बस्ने प्रजाहरूको थिए यहाँ लेकम क्षेत्र पुरै जंगल जंगल मात्र थियो त? इतिहास लुकेको छ औतालेको हुनैनाथ खोल्याल बोहराले पाएको भन्ने कुरा छ। के कत्युरबाट निस्केर यहाँ बसेपछि हुनैनाथ मन्दिरको अथवा हुनेनाथको ज्योतिर्लिङ्ग भेट्टाएको थियो? के बोहरा पहिला यहाँ बसोबास गरेका थिए कि कत्युरबाट निस्केका मान्छेहरू अगाडि बसेका थिए? अझै पनि यदि बोहरा खोल्याल औतालेकमा आउँछ भने आफ्नो पूजा आफैं गरेर जान्छ। पुजारी खोस्ने काम राख्ने काम अझै पनि मन्दिरमा हुँदैछ भने त्यतिखेर पनि पण्डा पुजारी हरु खोसिने काम भएको रहेछ। पूजन कार्यमा देवकार्यमा पण्डितले मात्र देवता पुज्ने हो अरु जातिले होइन भन्ने कुरा हाम्रो लेकमसमा मात्र रहेको छ। नेवारहरू आफ्नो देवता आफै पुज्छन् दार्चुलामा रहेका सौका समुदाय आफ्नो देवता आफै पुज्ने काम गर्छन् गुरुङ, मगर, राई ,लिम्बु, लामा ,भोटे ,जो पनि छन् जे आफु खान्छन् त्यही कुरालाई भेटिराखेर पारुहाङ र सुम्नीमामाको पूजा गर्छन्। (पारोहाङ भनेका शिव र सुम्नी मामा भनेका पार्वती) देवता पुज्ने र आजा पूजा गर्ने काम गरिन्छ।
यहाँ पनि मल्लिकार्जुन देवता पहिला पण्डित पन्तजीले पुजाली खोसेर मल्लिकार्जुनलाई पुज्ने गरेको थियो। पछि आएर गोर्खाली भीमसेन खत्रीको सहयोगमा बिष्ट बाहुनलाई पूजारी बनाएको सो बाफत गोर्खाली भीमसेनका सन्तान एवं भाइहरूलाई लेकम सिरोडामा ठाउँ दिएर बस्ने व्यवस्था मिलाएको थियो भन्ने कुरा पूर्वज , सयनाहरुबाट सुन्नमा आउँछ यज्ञको काम पन्तलाई दियो बहादुर शाहबाट पञ्जा छाप ताम्रपत्र बक्सिस पाएका गोर्खाली भीमसेन खत्री को सहयोगबाट मल्लिकार्जुनको पण्डित बिष्टलाई नै मान्यता मिलेको भन्ने कुरा बुजुर्गहरूबाट सुन्नमा आउँछ। यसकारण इतिहासलाई पल्टाएर हेर्दा दार्चुलाको लेकम कुणीमा हुनैनाथ पाउने ताम्रकार अवतालेकमा हुनैनाथको ज्योतिर्लिङ्ग भेट्टाउने खोल्याल बोहरा जुन बोहरा अहिले मालिकार्जुन गाउँपालिकाको भर्तोला भन्ने ठाउँमा बस्ने गरेका छन् जीवन्त रूपमा औतालेकी सयानहरूबाट सुन्नमा आउँछ।
वर्तमान परिपेक्षमा दार्चुला जिल्लाको मालिकार्जुन गाविस अन्तर्गत पर्ने उकु महलको जसरी उत्खनन गरिँदैछ नयाँनयाँ प्रमाणहरू खोजिँदैछन् त्यसै अनुरुप लेकममा अथवा दार्चुलामा आर्यहरू आउनु पुर्व यहाँका मूल बासिन्दा को थिए र उनका सखा, सन्तति को हुन् अहिलेसम्म परिचय दिएर स्पष्ट रूपमा खोल्न सकेको छैन। यो विषय इतिहासको गर्भमा रहेको छ। मेरो सार संक्षेपमा भनाई इतिहासलाई सत्यतथ्य रूममा हामी कहाँ नपस्किकन यसलाई तोडमोडोड गरेर हामी कहाँ दिने गरेको छ तर्क, सत्य, प्रमाण, लेखौट, ऐतिहासिक रेकर्ड विदेशी विद्वानहरूका यात्रा स्मरण ताम्रपत्र ,किम्बदन्ती,शिलालेखबाट यी माथिका उल्लेखितकुराहरू सही रूपमा विद्वान व्यक्तिहरूबाट खोजी नीति गरी आउँदा सन्ततिहरुलाई यथार्थ कुरो अवगत गराउनु सके वर्तमान “शिक्षामा सबैको पहुँच “भन्ने नारालाई साकार रुप दिन उपयुक्त र यथार्थ इतिहासलाई जान्न सबैले भरपुर सोधखोज विश्वसनीय आधारहरू राखेर आगामी पिढीलाई जानकारी दिनुपर्छ।
लेखकः नारायण दत्त मिश्र सेवा निवृत शिक्षक हुनुहुन्छ । उहाँले झण्डै चार दशक दार्चुलाको शिक्षा क्षेत्रमा योगदान दिनुभएको छ । उहाँ विभिन्न विद्यालयमा प्रधानाध्यापक समेत रहिसक्नुभएको छ । उहाँले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गरेको भन्दै प्रबल गोरखा दक्षिण बाहु चौथा तत्कालिन श्री ५ को सरकार (तत्कालिन राज विरेन्द्र विर विक्रम शाह) बाट बि.स. २०५३ साल चैत्र १५ गते विभुषित प्रअ समेत हुनुहुन्छ । उहाँ बिभुषण पाउने समयमा श्री लटिनाथ मावि चन्दनपुर चौपातामा प्रअ समेत हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय खोजमूलक इतिहासमा कलम चलाउनुहुन्छ ।






