काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक घटेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २६१८ अंकमा कायम भएको छ।
कारोबार रकममा समेत गिरावट आएको छ। अघिल्लो दिन ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै जीवन बीमा समूह २.०४ प्रतिशतले घटेको छ।
त्यस्तै बैंकिङ समूह १.२२ प्रतिशत, विकास बैंक १.३६ प्रतिशत, वित्त १.०९ प्रतिशत, होटल तथा पर्यटन ०.९८ प्रतिशत, जलविद्युत् १.६६ प्रतिशत, लगानी १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४५ प्रतिशत र लघुवित्त समूह १.३१ प्रतिशतले घटेका छन्। निर्जीवन बीमा १.३२ प्रतिशत, अन्य समूह १.६५ प्रतिशत र व्यापार समूह १.२६ प्रतिशतले घटेको छ।
बुधबार कारोबार भएका कम्पनीमध्ये २३ वटाको सेयर मूल्य बढेको छ भने २५३ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
मूल्य बढ्ने कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै सीवाईसी लघुवित्त ५.४४ प्रतिशत, विकास हाइड्रोपावर ३.५४ प्रतिशत, बोटलर्स नेपाल बालाजु ३ प्रतिशत र मिडसोलु हाइड्रोपावरको सेयर मूल्य २.६४ प्रतिशतले बढेको छ।
त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ८.५४ प्रतिशत, माउन्ट एभरेस्ट पावर ५.७२ प्रतिशत, इङवा हाइड्रोपावर ५.२२ प्रतिशत र पियोर इनर्जीको मूल्य ४.७९ प्रतिशतले घटेको छ।
बुधबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहेका छन्।



