एमाले केन्द्रीय कमिटी बैठकमा आगामी दिशा, नेतृत्व र वामपन्थी एकताबारे छलफल

 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी राजनीतिक दिशा, नेतृत्व, संगठन पुनर्गठन तथा वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ।

ललितपुरको भैंसेपाटीस्थित एक पार्टी प्यालेसमा जारी बैठकको आज तेस्रो दिन हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।

एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आगामी दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ। उहाँले वामपन्थी एकतालाई केवल संख्या थप्ने अभियानका रूपमा बुझ्न नहुने धारणा राख्नुभएको छ।

बैठकमा पार्टी नेतृत्वको कार्यशैली, पार्टी सञ्चालनको विधि, संगठनको अवस्था तथा जनतासँग पार्टीको सम्बन्धका विषयमा समेत केही केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका छन्। केन्द्रीय सदस्यहरूले पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषयमा आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्