नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

 काठमाडौँ – नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसंग भेटगरी हालै रसुवामा गएको भिषण बाढीबाट अटोमोवाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल गरेको छ।

आज बुधवार भएको उक्त छलफलमा नाडाका अध्यक्ष उपे्रतीले यही २०८३ भाद्र १० गते रसुवा र टिमुरे लगायतका विभिन्न क्षेत्रमा गएको भिषण वाढिका कारण दशैको सीजनलाई ध्यानमा राखि सयौको सख्यामा चीनबाट आयातित सवारी साधनहरु मध्ये धेरै सख्यामा रसुवा नाकाबाट बाढीले बगाएको सन्दर्भमा जानकारी दिनु हुदै पीडित पैठारीकर्ताहरुले सरकारकातर्फबाट पाउनु पर्ने राहतका विषयमा छिटो भन्दा छिटो कार्यान्वयनका लागि समेत आग्रह गर्नु भयो।

यसै छलफलको सिलसिलामा नाडाका महासचिव मिलनबाबु मल्लले चाइना सीमा भन्सार नखुलेका कारण चाइना सीमा क्षेत्रमा पाँचसय भन्दा बढी सवारी साधनहरु रोकिएको भन्दै त्यसको सहजीकरणका लागि अनुरोध गर्नु भयो। त्यसैगरी उहाँले अहिलेसम्म ११ सिटे विद्युतिय माइक्रोवसहरु नछुटेको जानकारी दिनु हुदै यसका लागि समेत पहल गरि दिन अनुरोध गर्नु भयो।

सो छलफलको अन्त्यमा महानिर्देशक भुषालले यस सन्दर्भमा सरकारले पीडित व्यवसायीहरुका लागि के कस्ता सुविधा र सहुलियतहरु के कसरी दिने हो त्यसको मोडालिटिका सम्बन्धमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयविच गृहकार्य भईरहेको जानकारी दिनु भयो । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय अभिक ज्योति र विक्रम सिंघानिया, सचिव मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्