पिडितको आँसु, किन सधैं बग्छ न्यायका लागि लोकतन्त्रको नगरमा पनि।
आफ्नो पिडा सुनाउन पनि आत्मदाहा गर्नुपर्ने।
घरभित्र होस् या समाजको अगाडि
दबाइन्छ अस्तित्व,अनि जिउँदै जलाइन्छ सपनाहरू।
सति युगमा हस्तिनापुर भित्र महाराज धृतराष्ट्र,पितामहा भिष्म,गुरु द्रोणाचार्य,कुल गुरु कृपाचार्य महा नितिज्ञ बिदुर र सत्यवादी युधिष्टीका अगाडि पनि महान नारी द्राैपतिको अपमान भएको थियो।
आजको युगमा चिच्याउदैछन निर्मला पन्तका निर्दोष आत्माहरु।
मलाई बचाउ ओ नेपाल आमा भनेर।
हो महाराज…
आफ्नै छाया संग पनि डर लाग्छ कहिलेकाहीँ ,
हिँड्दा हरेक पाइला खतरा बनिरहन्छन्।
नारी अस्मिता जोगाउनका लागि।
सपना बुनौँ भनी शिर उठाउन खोज्दा,
हिंसाको आघातले उसलाई फेरि रोक्छ र मर्न बाध्य बनाउछ।
कहिले आवाज कहिले हातका निशान,
तर दोषी उही ठहरिन्छ, यो पुरुष प्रधान दुनियाँमा।
मनको पन्तुरोमा बाँधेर सहन्छन् कतिले पिडाको महा आख्यान।
न्यायको दोकानमा किनबेच हुन्छन कानुनका धारा।
भन्नत…
समानता, स्वतन्त्रता, भनी भन्छ देशको संविधान।
तर किन टुट्छ कडि ति शब्दहरुको शब्दमालामा।
बिन्ती छ,
अब त भत्काऊँ हिँसाको यो कालो पर्खाल,
अनि
सुनाऊँ ति सविनय आवाजको हलचल।
नारी, पुरुष, सबैका अधिकार सुनिश्चित गर।
सम्पूर्ण मानव जातिलाई बचाउ हिंसाको हदबाट
हामी सबै उठौँ, हातमा हात हालौँ,
लैंगिक हिंसाको अन्त्य गरि नयाँ बिहान ल्याउँ।
लेखक: इन्दिरा निरौला