हेलम्बुले एकल पुरुषलाई भत्ता दिन थाल्यो

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले एकल महिलालाई झैं एकल पुरुषलाइ मासिक ५ सयका दरले सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ ।

गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समुहका एकल पुरुषलाई आन्तरिक श्रोतबाट मासिक ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । गाउँपालिकाका ७ वटै वडाका १ सय ९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष  शेर्पाले जानकारी बताए । एकल पुरुष भत्ताका लागि यसै आर्थिक बर्षमा गाउँपालिकाले २० लाख रुपैयाँँ बिनियोजन गरेको थियो । “राज्यले महिला पुरुष समान भनेकाले ब्यवहारिक रुपमानै हामिले त्यसको सुरुवात गरेका हौैं । “ अध्यक्ष शेर्पाले भने ।

एकल पुरुष भत्ता लिइ रहेकाहरुले जेष्ठ नागरिक भत्ता लिन सुरु गरेपछि भने दोहोेरो सुबिधा पाउने छैनन् । हाल गाउँपालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको छ । गाउँपालिकामा ३ सय ५० कोे हाराहारिमा एकल परुषको संंख्या रहेको गाउँपालिकाले जनाएको छ । अहिले ५ सय रुपियाँ बाट सुरु गरेको यो कार्यक्रम आगामि बर्षहरुमा बढाउदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्