भारतले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने, यसरी गरिदै छ तयारी !

काठमाडौं – भारतले विदेशमा फसेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने भएको छ ।

कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण विदेशमा अलपत्र परेकाहरुलाई हवाई जहाज र जल सेनाको पानी जहाजमार्फत् स्वदेश फर्काउन लागेको हो ।

उद्धारको प्रक्रिया मे महिनाको ७ तारिखदेखि सुरु हुने भारतीय गृह मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालय र उच्चायोगले विदेशबाट उद्धार गर्ने भारतीय नागरिकहरुको सूची तयार गरिरहेका छन् । स्वदेश ल्याइनेहरुसँग भाडा लिइने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उडान भर्नुअघि यात्रुहरुको स्वास्थ्य जाँच गरिने छ । कोरोना भाइरस संक्रमणको लक्षण नभएकाहरु मात्रै स्वदेश आउन पाउने छन् ।

भारत आइसकेपछि उनीहरुलाई पुनः स्वास्थ्य जाँच गर्ने र अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ । १४ दिन क्वारेन्टाइनमा बसेपछि फेरि कोरोना परीक्षण गर्ने र त्यसपछि पनि संक्रमण नदेखिएकाहरुलाई उनीहरुको घर जान दिइने छ ।

कोराना भाइरसको संक्रमण रोक्ने उद्देश्यले भारतले २३ मार्चदेखि अन्तर्रा्ष्ट्रिय उडान बन्द गरेको छ । २४ मार्चदेखि सुरु भएको लकडाउन १७ मेसम्म कायम छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न धेरै देशहरुले लकडाउन गरेकाले रोजगारी गुमाउनेहरूको संख्या बढीरहेको छ । कतिपय भिसा अवधि सकिएर अलपत्र परेका छन् । हाल विदेशमा रहेका नेपालीहरुले पनि आफूहरुलाई स्वदेश फर्काउन माग गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्