उदयपुरका कोरोना संक्रमित १३ जनाको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ, अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिने

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित नुरी मस्जितमा भेटिएका कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । यस अघि उनीहरूको पहिलो पीसीआर रिपोट पोजेटिभ आएको थियो । अब तेस्रो रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिने बताइएको छ । कोरोना भाइरसको केन्द्र बिन्दु बनेको भुल्के विस्तारै सहज बन्दै गएको एक स्थानीयले बताए ।

यहि वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल बिराटनगरको आईसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका वडा जनं ३ भुल्के नुरी मस्जिदका संक्रमितहरुको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
कोशी अस्पताल बिराटनगरले सञ्चालन गरेको कोरोना उपचार केन्द्रमा उपचार गरि रहेका सङ्क्रमितहरुको पछिल्लो रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्