हेलम्बुमा १२ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

सुशील सुवेदी

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकामा शुक्रबार १२ जनाको कारोना आरडिटि परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

विभिन्न जिल्लाबाट कामको शिलशीलामा हेलम्बु आई पुगेका उनीहरुको चिलाउनेघारी स्वस्थ्य चौकीमा द्रुत गतिको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईँले बताए । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईँ, खोप अधिकृत पार्कमनि न्यौपाने र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल सहितको उपस्थितिमा उक्त परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

हेलम्बु गाउँपालिकामा सञ्चालित एम्बुलेन्स चालकहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण तथा यसको प्रयोगबारे प्रशीक्षण दिन जाने क्रममा बाहिरी जिल्लाबाट आएका कामदारहरु देखिएको र आरडिटि परीक्षण गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिए । हेलम्बुमा सञ्चालित २ जना एम्बुलेन्स चालकलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको पनि तामाङले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्