शनिबार बस्ने सचिवालय बैठकको तयारीमा दाहाल–नेपाल, बन्यो यस्तो रणनीति

File Photo

काठमाडौँ – शनिबार साँझ बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरूबीच शुक्रबार साँझ नेपाल निवास कोटेश्वरमा छलफल भएको छ ।

‘प्रधानमन्त्रीले बालुवाटारबाटै गुटबन्दी गर्ने, सांसदहरू हस्ताक्षर गर्ने काम गर्नुभएकाले हामीले पनि के गर्ने भन्नेबारे गम्भीर भएर सोच्नु पर्ने बेला आएको निष्कर्ष निस्किएको छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार भोलि बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावबारे प्रधानमन्त्रीबाट थप प्रष्टता खोजिने छ ।

पछिल्लो समय नेकपामा राजनीतिक संकट गहिरिँदै गएको छ । प्रचण्ड–नेपाल पक्ष प्रधानमन्त्री ओलीले सरकार छोड्नु पर्ने पक्षमा छन् भने प्रधानमन्त्री ओलीले आफूले सरकार छोड्ने भए वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

नेकपा सचिवालय बैठक शनिबार साँझ बालुवाटारमा बस्ने तय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्