मेलम्चीमा एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री

सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची आसपास सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि शुक्रबार व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई स्वास्थ्य सामाग्री हस्तानतरण गरेका हुन् । ती सामाग्री मेलम्ची आसपास चल्ने एम्बुलेन्स चालकहरुलाई वितरण गरिएको नगरपालिकाका उप–प्रमुख भगवति नेपालले जानकारी दिइन् । जिल्लामा सञ्चालित सिन्धु सदावहार अस्पताल र काठमाडौको ह्याम्स अस्पतालले एम्बुलेन्स चालकहरुका लागि उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । सिन्धुपाल्चोकमा सरकारी र अन्य विभिन्न क्षेत्रबाट २७ एम्बुलेन्स सञ्चालनमा छन् ।

चालकहरुका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पुन प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा सेट, मास्क, बुट र चस्मा समेत रहेको छ । स्वास्थ्या सुरक्षा सामाग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले अहिले काठमाण्डौबाट धेरै जना गाउँ फर्किएका कारण गाउँघरमा भिडभाड बढ्न थालेको र गाउँघर असुरक्षित बन्दै गएकाले सामाजिक दुरी कायम गर्नुपर्ने बताए ।

यस्तै एम्बुलेन्स चालकहरुलाई ती सामाग्री वितरण गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भने “सुरक्षित अरुले बनाउने हैन हामी आफैँ बन्ने हो” । वितरण गरिएको स्वास्थ्य सुरक्षा सामग्रीको सहि सदुपयोग गर्न तथा प्रयोग पछि स्प्रे गर्न समेत उनले आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्