भारतमा २ साताका लागि लम्बियो ‘लकडाउन’

काठमाडौं – भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो ।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको थियो । अचानक लकडाउन घोषणा गरेपछि भारतका विभिन्न सडकमा आप्रवासी मजदुरहरु अहिले पनि अड्किएका छन् । तिमध्ये कतिपय सयौं किलोमिटर हिँडेर घर फर्किएका छन् भने केहीलाई प्रदेश सरकारहरुले गाडी पठाएर घर ल्याएका छन् ।

थपिएको लकडाउनको अवधिमा भारतका विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याइनेछ । ग्रीन जोनमा परेका ठाउँमा क्रमिक रुपमा लकडाउनलाई खुकुलो बनाइँदै लगिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्