जिल्ला बाहिर डेरा गरि बसेका विद्यार्थीलाई २५ सय राहत उपलब्ध गराउने शैल्यशिखर नगरपालिकाको निर्णय

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाले अध्ययनको शिलशिलामा काठमाडौ, धनगढी, महेन्द्रनगर लगायतका अन्य शहरहरुमा डेरा गरि बस्ने विद्यार्थीहरुलाई राहत स्वरुप रु २५ सय उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । राहत उपलब्ध गराउन सम्बन्धित वडा कार्यालयको सिफारिस, अध्ययनरत क्याम्पसको परिचयपत्रको प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आफु नियमित रुपमा अध्ययनरत रहेको स्वघोषणा र क्याम्पस संचालन भएपछि क्याम्पसबाट सिफारिस पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

साथै १८ गते बसेको नगरकार्यपालिकाको बैठकले क्वारेन्टाइनमा रहेका नागरिकहरुको आरडीटी परीक्षण गराएर मात्र घर पठाउने निर्णय गरेको छ । आरडीटी परीक्षणका लागि आवश्यक किटहरु उपलब्ध गराउन सबै नागरिकको विवरण जिल्ला अस्पताल दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलामा पठाउने निर्णय पनि गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्