मार्मा गाउँपालिकाले जिल्ला बाहिर रहेका विद्यार्थीहरुलाई राहत रकम उपलब्ध गराउने (सम्पर्क व्यक्तिको नामावली सहित)

दार्चुला – मार्मा गाउँपालिकाले अध्ययनको शिलशिलमा जिल्ला बाहिर रहेका विद्यार्थीहरुलाई राहत रकम उपलब्ध गराउने भएको छ ।

शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले मार्मा गाउँपालिका स्थायी घर ठेगाना भई अध्ययनको शिलशिलामा जिल्ला बाहिर रहेका विद्यार्थीहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाले आज एक सूचाना जारी गर्दै यो जनाकारी दिएको हो । काठमाडौँ र आसपासका क्षेत्रका लागि नरबहादुर विष्ट र अक्बर ठगुन्ना, कैलाली र आसपासका क्षेत्रको लागि प्रेमसिंह धामी, कञ्चनपुर र आसपासका क्षेत्रका लागि राजेन्द्र विष्टलाई सम्पर्क व्यक्ति समेत गाउँपालिको तोकेको सूचनामा उल्लेख छ ।

यद्धपि गाउँपालिकाले कति राहत दिने भन्नेबारे सूचनामा खुलाएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्